कर्मचारीलाई थुनेर नगरपालिकामा तालाबन्दी

talabandiदैलेख, २१ असोज । सडक मर्मत तथा सुधारमा ध्यान नदिएको भन्दै स्थानीयले दैलेखमा नगरपालिकाका कर्मचारीलाई केही समय कार्यालयमा थनेका छन् ।
नारायण नगरपालिका–२ स्थानीयले आज (सोमबार) सडक मर्मतको माग गरेर कर्मचारीलाई नै कार्यालयमा थुनेर तालाबन्दी गरेका हुन् ।
उनीहरुले कार्यालयका निमित्त कार्यकारी अधिकृत निरक रावलसहितका कर्मचारीलाई थुनेर सडक मर्मतमा ध्यान दिन दवाव दिएका हुन् ।
कार्यकारी अधिकृतले एक हप्ताअघि जिल्ला छाडेपछि सडक मर्मत योजना रोकिएको थियो ।
दशैं नजिकिँदै गर्दा सडक मर्मतमा नगरपालिकाले ध्यान दिएको छैन । नगरका ४२ सडक मर्मत अभावमा अवरुद्ध छन् ।

प्रतिक्रिया