खोजखबर

दृष्टिविहीनलाई सेतो छडी वितरण

सौर्य अनलाइन २०७० असोज २१ गते ०:०० मा प्रकाशित

ललितपुर : नेपाल निजामती कर्मचारी संगठन ललितपुरले जिल्लाका ५० दृष्टिविहीनलाई बाटामा हिँड्दा र सडक पार गर्दा सहयोगी हुने आधुनिक प्रविधिको सेतो छडी वितरण गरेको छ ।
संगठनद्वारा आइतबार आयोजित कार्यक्रममा सेतो छडी वितरण गरिएको हो । नेकपा (एमाले)का केन्द्रीय सदस्य सुशीला नेपाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, पेसागत महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमलकुमार खनालले संयुक्त रूपमा सो सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा एमाले नेत्री नेपालले आफ्नो पार्टी अपांग, अनाथ, दृष्टिविहीन, महिला, दलित, जनजाति र पछाडि पारिएका जाति, वर्ग र क्षेत्रको उत्थान र कल्याणका निम्ति काम गरेर जनताको आत्मीयता जितेको जिकिर गर्दै संविधानसभामा एमालेको बहुमत आउनसके अझै कल्याणकारी कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय