अध्यक्ष थापाको सफल शल्यक्रिया

suryabahadur-Dhankutaकाठमाडौं, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ‘ब्लड–क्लड’ शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
न्यूरो अस्पताल बाँसबारीमा उपचार गराई रहेका अध्यक्ष थापाको डा.उपेन्द्र देवकोटाले सफल शल्यक्रिया गरेका हुन् । राप्रपा प्रचार–प्रसार समितिका सह–संयोजक किरण गिरीका अनुसार थापाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ ।
चिकित्सकको सल्लाह अनुसार उनलाई केही दिनसम्म अस्पतालमा राखेर उपचार गराईने छ ।
अध्यक्ष थापालाई दाहिने हात चलाउन असजिलो महशुस भएपछि शुक्रबार साँझ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया