खोजखबर

झण्डा परिवर्तनको प्रस्तावमा राष्ट्रियता कमजोर

सौर्य अनलाइन २०७० असोज २० गते ५:०१ मा प्रकाशित

Prakashman-Shingकाठमाडौं, २० असोज । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव पछि मुलुकको राष्ट्रियता कमजोर भएको बताएका छन् ।
काठमाडौंको क्षेत्र नम्वर एकमा आज (आइतबार) आयोजित कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव भएपछि राष्ट्रियतामा समस्या आएको बताए । ‘अघिल्लो संविधानसभामा राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव आएपछि राष्ट्रियतामा केही आँच पुगेको छ,’ उनले भने, ‘राष्ट्रय झण्डा परिवर्तन गर्न कही साना दलले प्रस्ताव गर्नु उचित थिएन ।’
राष्ट्रिय झण्डा परिवर्तनमा आएको प्रस्ताव र ती दलहरुसँग आफू खुसी नरहेको महामन्त्री सिंह भनाई थियो । उनले राष्ट्रिय झण्डालाई चलाउन नहुने आसय पनि व्यक्त गरे ।
त्यसै गरी, सिंहले आगामी चुनावलाई तोकिएको समयमा सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे । ‘मंसिर–४ को चुनावले मुलुकको भविष्य बनाउने छ,’ उनले भने, ‘चुनावले नै राजनीतिक निकास पनि दिने छ ।’
आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्नु पर्ने उनको भनाई छ । कांग्रेसले मात्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन सक्ने सिंहको दाबी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय