‘बहिष्कार गर्न बाध्य पारियो’

काठमाडौं : नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण शर्माले आफ्नो पार्टीलाई ठूला राजनीतिक दलले नै चुनावमा भाग लिने वातावरण नबनाएको आरोप लगाए । ‘हामीलाई जबरजस्ती चुनाव बहिष्कार गर्न बाध्य पारिएको छ,’ उनले भने । तत्कालीन संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले चुनावी प्रक्रियाको विरोध कसैले पनि गर्न नहुने बताए । उनले दोस्रोपटक हुन लागेको संविधानसभाले संविधान निर्माण गर्ने दाबी गरे । कार्यक्रममा पुनरावेदन अदालत पाटनका न्यायाधीश राजेन्द्रप्रसाद राजभण्डारी, कांग्रेस नेता वलदेव मजगैँया, अधिवक्ता शेरबहादुर केसी, भीमार्जुन आचार्य, केवी रानालगायतका दाङवासीले आ–आफ्नातर्फबाट शुभकामना दिएका थिए । (सौस)

प्रतिक्रिया