योगी नरहरिनाथ ट्रष्टको सम्मान कार्यक्रम

Narhari-Nath-Yogi's-Sammanकाठमाडौं : योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले वेलकम इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक निता पौडेललाई सम्मान गरेको छ । यसैगरी, वेलकम इभेन्ट म्यानेजमेन्टका अध्यक्ष एवं आनका पूर्व अध्यक्ष निर्मलराज पौडेल र वेलकम इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर गायक तथा संगीतकार जंग बहादुर विष्टलाई पनि सम्माान गरियो ।
समाजसेवी हरिप्रकाश पुडासैनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भगवान् बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल रवि लामिछाने र न्यूज २४ टेलिभिजनका अध्यक्ष अनिल जोशी लगायतलाई पनि सम्मान गरियो ।
कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष एवं स्तम्भकार शंकर पौडेलले आफ्नो स्वागत मन्तव्य ब्यक्त गरे । कार्यक्रममा यू.एन. का महासचिव वान की मुनलाई बुझाउन संकलन गरिएको हस्ताक्षर रवि लामिछानलाई बुझाइयो । (सौस)

प्रतिक्रिया