महिला उद्यमी मेला

पोखरा : ‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार देखी पोखराको प्रदर्शनी केन्द्रमा महिला उद्यमी मेला सुरु भएको छ । महिला उद्यमीले उत्पादन गरेका सेवा र वस्तुको बजारीकरण, नयाा प्रविधि र सीप बारे जानकारी तथा महिला उद्यमीबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त मेला २१ गतेसम्म चल्ने छ ।

प्रत्येक दुई/दुई वर्षमा सञ्चालन गरिने उक्त मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी एवम् बिक्री, सीप एवं प्रविधि प्रदर्शनी, कार्यशाला गोष्ठी, हस्तकलाका वस्तुको प्रदर्शन, पुष्प प्रदर्शनी एवं चाडपर्वका लागि आवश्यक पर्ने चामल घ्यूलगायतका सामग्री सुपथमूल्यमा बिक्री गर्न करिब १ सय कक्ष राखिएको छ ।
पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रभा बस्नेतले मेलाको शुभारम्भ गर्दै यस प्रकारका महिला उद्यमी मेलाबाट महिलामा उत्साह जाग्ने बताए । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइरालाको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया