वैकल्पिक ऊर्जामा बायोग्यास राम्रो

बुटवल, १७ असोज । नेपाल बायोग्यास प्रबद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलको क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा नेपाल बायोग्यास प्रवद्र्धन संघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र गौतम, पूर्वअध्यक्ष किशोर ज्ञवाली, सचिव केशवराज खनाललगायतले वैकल्पिक ऊर्जामा बायोग्यासको स्थान राम्रो भएकाले यसको प्रयोग गर्न सबैलाई अनुरोध गरेका थिए ।

भेलाले आगमी पाँच वर्षमा एक लाख २० हजार घरेलु बायोग्यासलाई विस्तार गर्ने लक्ष्य लिएको छ । भेलाले बजार विस्तारमा अझ सशक्त ढगल लाग्ने, उपभोक्ताका लागि तालिम तथा प्रवद्र्धन बिक्रीवितरणमा गुणस्तर वृद्धि अवश्यक अवलोकन गर्ने जस्ता कार्यक्रम तय गरेको छ ।
उक्त अवसरमा क्षेत्रीय कार्यालय बुटवलले केशवराज खनाललाई सम्मान गरेको थियो । नेपाल बायोग्यास प्रवद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलले ल्यान्ट पुनस्र्थापना तथा क्षमता अभिवृद्धि परियोजनाको पनि उद्घाटन गर्‍यो । २०५१ देखि २०६० साल सम्म बनेका पुरानाप्लान्टहरूको मर्मत सम्भार परियोजनाअन्तर्गत सो कार्यक्रम गरिएको हो ।
नेपाल बायोगयास प्रवद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलका संयोजक नारायणप्रसाद न्यौपानेको अध्यक्षता तथा केन्द्रीय अध्यक्षलाकनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

प्रतिक्रिया