राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवारका सार्वजनिक

chitra-bahadu-kcकाठमाडौं, १६ असोज । राष्ट्रिय जनमोर्चा नेपालले संविधानसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार सार्वजनिक गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रत्यक्ष तर्फबाट १ सय ४० र समानुपातिक तर्फका १ सय उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् ।
समानुपातिक तर्फ भने ५० पुरुष र ५० महिलाको नाम राखिएको केसीले बताए । अध्यक्ष केसी यस पटक समानुपातिमा बसेका छन् ।
प्रत्यक्ष तर्फ महाकाली अञ्चलबाट १८, भेरी–कर्णालीबाट १७, राप्ती–लुम्बिनीबाट ३४, गण्डकी–धवलागिरीबाट १७, बाग्मतीबाट १७, नारायणीबाट १७, जनकपुर–सगरमाथाबाट ६ र मेची–कोशीबाट १३ जना उम्मेदवार छनौंट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया