पत्रकारलाई दुई दिने तालिम

भक्तपुर : संविधानसभा निर्वाचनमा भावी मतदातामा पत्रकारको दायित्व, समाचार लेखन, विचार लेखनका आधार र स्रोतबारे आयोजित दुईदिने तालिम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन आयोगले भक्तपुरका पत्रकारहरूका लागि सञ्चालन गरेको दुईदिने ‘निर्वाचन र सञ्चार विषयक’ प्रशिक्षण कार्यक्रम सोमबार सकिएको हो । तालिममा पत्रकारहरूलाई संसाधनको क्षमता विकासका लागि सञ्चालित प्रशिक्षणमा संविधानसभा सदस्य निर्वाचन प्रणाली, निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, संविधानसभा निर्वाचन आचारसंहितालगायत विषयमा जिल्ला निर्वाचन अधिकारी चुरामणि पन्थीले प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा बिभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया