माओवादीको नेपाल बन्दको कार्यक्रम फिर्ता

matrika yadavकाठमाडौं, १३ असोज । मातृका यादव नेतृत्वको नेकपा (माओवादी)ले असोज–१७ गतेका नेपाल बन्दको कार्यक्रमलाई फिर्ता लिएको छ ।
अध्यक्ष यादवले आज (आइतबार) विज्ञप्ति जारी गरेर नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जनाएका हुन् । नेपाल बन्दको कार्यक्रम नेपालीहरुको महत्वपूर्ण चाड दशैंको मुखमा परेकाले जनतालाई बढी समस्या पर्ने भन्दै यादवले फिर्ता लिनुपरेको उल्लेख गरेका छन् ।
विभिन्न व्यक्ति, संघ–संस्थाहरुको सुझाव अनुसार असोज–१७ गतेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।
चुनावको विरोध गर्दै आएको यादव नेतृत्वको नेकपा (माओवादी)ले निर्वाचन कार्यतालिका विथोल्न असोज–१७ गते बन्दको कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया