वैदेशिक रोजगारमा जाने महिला असुरक्षित

TIA_20101226085516काठमाडौं, १३ असोज । वैदेशिक रोजगारमा जाने नेपाली महिलाका लागि सूचना र सुरक्षाका सवालमा पहुँच नभएको सरोकारवालाले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसियसन र सञ्चारिका समूहले शनिबार आयोजना गरेको छलफल कार्यक्रमका विसं २०६३ देखि नेपाली महिला कामदार विदेश जान थाले पनि सुरक्षा अभाव भने कायमै रहेको बताए । महिला कामदार युएई, मलेसिया, कुबेत, कतार, ओमान, साउदी अरब र बहराइनलगायतका मुलुकमा जाने गरेका छन् ।
पछिल्लो वर्ष संस्थागत रूपमा १७ हजार २९७ र व्यक्तिगत रूपमा १० हजार ४१६ नेपाली महिलाले श्रम स्वीकृति लिएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट म्यानपावर कम्पनीले आफूलाई ढाल बनाई गल्ती वा कमजोरीको दोष पन्छाउने प्रवृत्ति देखिएको गुनासो गरे ।
उनले स्वास्थ्य परीक्षणमा असफल भएका कामदारलाई पनि जबरजस्ती सफल बनाई जसरी पनि विदेश धकेल्ने परिपाटी, अन्तर्वार्तामा अयोग्य भए पनि उत्र्तीण गराई नक्कली भिसाबाट पठाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
अर्का कार्यपत्र प्रस्तोता दिनेश रेग्मीले वैदेशिक रोजगारका नाममा मानव बेचबिखन भइरहेको, आर्थिक र यौनशोषण भएको र मृत्युको सिकारसमेत हुनुपरेको चर्चा गर्दै सूचना, शिक्षा र सचेतनाका लागि सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताए । पौरखी संस्थाका मञ्जु गुरुङले महिलाभित्र पनि विपन्न र पीडित महिला कामका लागि विदेश जाने गरेको बताउँदै उनीहरूका लागि सूचना तथा तालिम पाउन र सुरक्षित काममा खट्नका लागि उपर्युक्त वातावरण नभएको बताए ।
उनले एक्काइसौँ शताब्दीको बधुवा मजदुरका रूपमा रहन बाध्य महिलाको सुरक्षित अप्रवासका लागि राष्ट्रिय सञ्जालबाट पनि सुरक्षा र सेवामूलक कार्य अघि बढेको जनाए । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले वैदेशिक रोजगारका महिलाका पीडामा मलम लगाउन सञ्चारमाध्यमले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन ।
‘कानुनी प्रक्रिया पुर्‍याए राजीनामा दिन्छु’

काठमाडौं : बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष बलहादुर तामाङले व्याबसायीले कानुन संगत ढंगबाट ७५ प्रतिशत हस्ताक्षर पुर्‍याए आफू राजीनामा दिन तयार रहेको खुलासा गरेका छन् ।
वर्तमान कार्यसमितिको विरोधमा उत्रेका व्यावसायीले कार्यसमितिको विरोधमा सिडियो कार्यालयमा कार्यसमिति भंग गरी नयाँ कार्यसमिति तयार गर्ने भनेर ८० प्रतिशत व्यावसायीको हस्ताक्षर संकलन गरिए पनि केही हस्ताक्षर नक्कली रहेको तामाङले बताए । उनले भने, ‘यावसायीले ७५ प्रतिशत हस्ताक्षर सक्कली ल्याएको खन्डमा अध्यक्षबाट हटने छु ।’
तामाङको विरोधमा उत्रिएका व्याबसायीले अध्यक्षको विरोधमा ६ सय १ जनाको हस्ताक्षर संकलन गरेको दाबी गरेपनि ५ सय ९४ मात्रको हस्ताक्षर गरेको जानकारी पनि उनले दिए । ‘हस्ताक्षरको भेरीफाई हुँदै छ, उनीहरूले आरोप लगाउदैमा,दबाब दिँदैमा कार्यसमिति भंग भएर संघको काम कारबाही ठप्प हुँदैन ।’ तामाङले भने ।
आफू अध्यक्ष भएपछि संघले वैदेशिक रोजगार व्यावसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन खोज्दा व्यावसायीहरूलाई त्यो नपचेकाले अवरोध गरेको आरोप उनको छ । वर्तमान कार्यसमितिले व्यावसायिक हकहितका लागि दूरगामी महत्व राख्ने कार्य गरेका हौ, केही व्यासवयीले आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न नपाएका कारण समस्या सृजना भएको अध्यक्ष तामाङको ठम्याई छ ।
व्यावसायीले कार्यसमिति उपर ६ सय १ हस्ताक्षर सहितको अविस्वासको पत्रलाई संघका सल्लाहकार टंक राउतको संयोजकत्वमा ५ सदस्यीय दस्तखत छानविन समिति गठन गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यावसायीले संकलनगरेको हस्ताक्षर भेरिफाई गर्दा झन्डै ३० जनाको हस्ताक्षर झुटो रहेको स्रोतले बतायो ।

प्रतिक्रिया