अंगभंग भई स्वदेश फर्कने कामदार बढे

Baidesik-Boardकाठमाडौं, १२ असोज । नेपालामा प्रयाप्त रोजगारीको अवस्था सिर्जना नभएका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वर्षेनी बढ्दै गएको छ । रोजगारीका क्रममा विभिन्न कारण अंगभंग भएर नेपाल फर्कने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०६९/०७० विभिन्न देशबाट अंगभंग भएर ९५ लेपाल फर्केका छन् । गत आर्थिक वर्षमा ५६ कामदारको रोजगारीका क्रममा अंगभं भएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ ।

आव ०६८/०६९ मा अंगभंग नेपाल फर्कलेमा पुरुष ५४ र महिला २ जना रहेका छन् । जसमा मलेसियामा २७, साउदी अरब १६, युएई ५ कुबेत ३, ओमानमा १ कतार ३ र लेबनान १ रहेको बोर्डले जनाएको छ । जसलाई ३३ लाख ४५ हजार ५ सय क्षतिपूर्ति स्वरूप प्रदान गरेको छ । त्यस्तै आव ०६९/०७० मा नेपाल फर्कनेमा पुरुष ९१ र महिला ४ जना छन् । जसमा युएई १०, बहराइन २, कुबेत ७, मलेसिया ३९, साउदी अरब २१, कतार १५, दक्षिण कोरिया १ सहित ९५ छन् । अंगभंग भएर स्वदेश फर्कने झगडामा ३, ट्राफिक दुर्घटना २, रोगका कारण १५, कार्यस्थलमा ७५, जना कामदार रहेको बोर्डको तथ्यांकले देखाएको छ । यस आवमा नेपाल फर्केका कामदारलाई ६५ लाख ४० हजार ४० रुपियाँ क्षतिपूर्ति दिएको बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले बताए ।
यस्तै चालु आवको दुई महिनामा १९ कामदारको अंगभंग भएको पनि भण्डारीले बताए । साउनमा १७ र भदौमा २ जना छन् । साउनमा पुरुष १३ र महिला ४ जना रहेको बोर्डले जनाएको छ । यसरी अंगभंग भएकामा साउनमा कुबेत १, मलेसिया ५,कतार २, साउदी अरब ४, युएई ५ जना छन् । उनीहरूमा विभिन्न रोगका कारण ७, साथीहरूसँग झै–झगडागरेर १, सवारी दुर्घटनामा १, कार्यस्थलमा काम गर्दा ८ जना छन भने, भदौमा दुर्घटना र रोगका कारण एक– एक जना छन् ।
यसरी कामदार रोजगारीका क्रममा अंगभंग भएर काम गर्न नसक्ने भएपछि उनीहरूलाई बोर्डले साउनमा ९ लाख ४७ हजार र भदौमा २ लाख १० हजार क्षतिपूर्ति दिएको छ । ‘बोर्डले कामदारलाई क्षतिपूर्ति दिँदा खुट्टाको बूढीऔँलाबाहेक अरू कुनै औँलाको एक भागको हड्डीसमेत क्षति भएमा १ प्रतिशतदेखि दूईवटा अवयवको क्षति भएमा, दुवै हात वा आँैलाको क्षति भएमा, पूर्णपक्षघात भएमा, एउटा हात वा एक खुट्टाको क्षतिजस्ता संवेदनशील क्षति भएमा शतप्रतिशत क्षतिपूर्ति दिइन्छ ।’ निर्देशक भण्डारीले भने– १ हजार ५ सय रुपियाँदेखि १ लाख ५० हजारसम्म क्षतिपूर्ति दिने गरेका छौँ ।’ कामदारलाई जस्तो प्रकृतिको चोटपटक लागे पनि कामदारले करार अवधिमा नै सम्पर्क गर्नुपर्छ । बोर्डमा सम्पर्क गरे पछि बोर्डले घाइतेको प्रकृति हेरेर क्षतिपूर्ति दिन्छ, उनले थप । कतिपय अवस्थामा बोर्डबाट नभए डाक्टरको विशेषज्ञ टोलीले निर्णय गर्छ । त्यसलाई आधार मानेर क्षतिपूर्ति दिइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया