निजी सचिवले अध्यक्ष ठाकुरलाई छाडे

Navin Kafleकाठमाडौं, ११ असोज । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरका निजी सचिव नवीन काफ्लेले पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्यागसँगै काफ्ले शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा आज (शुक्रबार) प्रवेश गरेका छन् ।
तमलोपा सर्लाहीबाट महधिवेशन प्रतिनिधिसमेत रहेका काफ्लेलाई सो पार्टीले निर्वाचनमा ३ नम्बर क्षेत्रबाट प्रत्याशी बनाउन सिफारिस गरेको थियो ।
काफ्ले तमलोपाका अध्यक्ष ठाकुरसँग विगत २२ वर्षदेखि निकट रहँदै आएका थिए ।

प्रतिक्रिया