खसीबोका भित्रिने क्रम सुरु

veda-changra-in-pokharaकाठमाडौ, ११ असोज । राजधानीमा दसैका लागि खसीबोका, भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । कुखुराको मासु बिक्रीमा कमी आएपछि खसी बोकको माग बढेको कारण यो पटक ठुलो परिेो बताएपनि त्यस्को प्रभवाकारीतामा भने अझै विश्वसा गर्न सक्ने अवस्था सृजना भैसकेको छैन ।

यसैबीच सङ्घले सार्वजनिक बसका छत तथा डिक्कीमा चौपाया राखी काठमाडौ प्रवेश गराउन ट्राफिक प्रहरीले नदिएको, एक जिल्लाबाट अर्काे जिल्ला भएर ल्याउदा दोहोरो कर तिर्नुपरेको, गुन्डागर्दी गर्दै चौपाया लुट्ने समस्याको समाधान गर्न कृषि विकासमन्त्री टेकबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।
मन्त्री थापालाई उनकै कार्यकक्षमा सङ्घका अध्यक्ष थापा र सहसचिव जीवनराज खतिवडाले भेटी चाडपर्वमा सार्वजनिक बसका छत तथा डिक्कीमा चौपाया ल्याउन छुट दिन, दोहोरो कर अन्त्य गर्न र गुन्डागर्दी अन्त्य गर्न माग गरेका हुन । सो अवसरमा मन्त्री थापाले गृह मन्त्रालयसाग समन्वय गरी खसीबोका आयातलाई सहज बनाउने बताएको पनि सघले जनाएको छ । सङ्घले यसपटक हिमाली जिल्ला तथा तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन व्यापारीलाई समस्या परेको जनाएको छ । सङ्घका अध्यक्ष थापाले ती क्षेत्रमै बढी समस्या भएको जानकारी दिए । खसी बजार कलङ्कीमा मात्र दैनिक रूपमा चार हजारभन्दा बढी चौपायाको बिक्री हुने गरेको छ ।

प्रतिक्रिया