समर्पणको प्रतीक संगिना

sangina2‘हामीले दिएको नेपालको राष्ट्रिय गानको सिडीे हराएछ । सायद, नेपालले जित्ने सम्भावना नदेखेर उनीहरूले लापरबाही गरेका होलान् । हलमा उपस्थित सबै नेपालीले राष्ट्रिय गान गाए । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै गर्दा म स्वर्णपदक भिर्दै थिएँ ।’ निष्फिक्री कोरियाली प्रतिद्वन्द्वीको सामना गरेकी संगीना बैद्यले राष्ट्रिय गान फर्फराउँदै गर्दा र आफूले स्वर्णपदक भिर्दा मात्र महसुस गरिन्, एक छिन अगाडिको त्यो बाउट नेपाली खेलकुदका लागि कत्ति महत्त्वपूर्ण थियो भन्ने ।

सन् १९९६ मा सिड्नीमा भएको एसियन च्याम्पियनसिप तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेर आफूलाई नेपाली खेलकुदकी सर्वकालीन उत्कृष्ट खेलाडी पुष्टि गरेकी संगीनाको त्यो कीर्तिमान दोहरिन सायद अबका दिनमा कठिन नै हुनेछ । सिड्नीको तेक्वानदोको त्यो एसियन च्याम्पियनसिप नै नेपाली खेलकुदका लागि सबैभन्दा अनुपम दिन हो ।
त्यही ऐतिहासिक दिनको स्मरण पनि उनका लागि सधैँ स्वर्णिम हुनेछ । त्यही च्याम्पियनसिपका सुरुका दुई बाउटका बारे उनलाई त्यत्ति हेक्का छैन । सेमिफाइनलमा उनले अस्ट्रेलियाइ प्रतिद्वन्द्वीको सामना गरिन् । दाया गोडाले विपक्षीको मुखमा लाग्दा उनलाई गहिरो चोट लाग्यो । पहिलो राउन्डबाटै अग्रता लिएकी संगीनाले त्यो खेल जितिन् । फाइनलमा बलियो कोरियाली प्रतिद्वन्द्वीसँग सामना गरेकी सानमालाई सेमिफाइनलको त्यही चोटले सताइरह्यो । तर, उनले खेल त्यागिनन् । ‘गोडामा स्वाइलिङ । आइस लिएर खेल्नुपर्ने,’ त्यो कठिन फाइटको सम्झना उनलाई ताजै छ । चिकित्सकले उनलाई अयोग्य पनि घोषित गर्न सक्थ्यो तर गरेन । उनले १–० ले खेल जितिन् । ‘मरी कोरियाली प्रतिद्वन्द्वी विक्षिप्त भइन् । उनी भक्कानो छाडेर रुन थालिन् । सायद मेरो जित उनीहरूले अनुभव गरे भन्दा धेरै टाढाको विषय थियो ।’ विगतको त्यो रोमाञ्चक दिन सम्भँmदै संगिना भन्छिन् ।
१९९२ मा नै उनी तेक्वान्दोमा प्रवेश गरिन् । फुटबलमा काठमाडौंको प्रतिनिधित्व गर्दै मेयर कप खेलेकी र कुनै खेलमा म्यान अफ द म्याचसमेत घोषित संगिना ब्रुसलीको फ्यान हुनु र मार्सल आर्टमा लाग्नु मात्र एउटा रहर थियो । रहरमै सुरु गरेकी संगिनाले अचम्मको मिहिन्त गरिन् ।
गुरुले सिकाएको समयमा मात्र होइन, अतिरिक्त समयमा पनि मिहिनेत गर्ने संगिना तेक्वान्दोमा प्रवेश गरेको एक वर्षमै राष्ट्रिय खेलाडी भएकी थिइन् । आसाममा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी संगिनाले त्यसैमा स्वर्णपदक जितिन् ।
सीता राई, प्रमिला थापा, सपना मल्ल र सीमा धामीले नेपाली महिला तेक्वान्दोको एउटा युगको प्रतिनिधित्व गरका थिए । त्यो समयदेखि अझसम्म नेपाली खेलकुदलाई महिलाले नै गौरवान्वित बनाएका छन् । संगिना एकाएक उनीहरूको समकक्षमा पुगिन् । १९९४ मा फिलिपिन्सको एसियन च्याम्पियनसिपमा रजत पदक जितेपछि नै उनी नेपालको महत्त्वपूर्ण खेलाडी भइसकेकी थिइन् ।
नेपाली खेलकुदकी सबैभन्दा प्रतिभाशाली व्यक्तित्व संगिनालाई दुभागर््यले पनि त्यत्तिकै सतायो । Sanjeena-Baidhyaउनी फर्ममा हुँदा भएको हिरोसिमा एसियाडमा महिला तेक्वान्दो समावेश भएन । बैंकक एसियाड उनका लागि सबैभन्दा दुखद् भयो । १९९८ मै हो । बैंकक एसियाडका लागि क्लोज क्याम्प राख्ने दिन थियो । उनी दशरथ रंगशाला प्रशिक्षण सकेर मोटरसाइकलमा कोठामा जाँदै थिइन् । एकदमै गतिमा कीर्तिपुर जाँदै गरेको एउटा बसले उनलाई ठक्कर दियो । आसन्न एसियाडकी स्वर्ण पदककी दाबेदार संगीनाले प्रतियोगिता नै गुमाइन् । अनि बुसान एसियाडमा उनी पहिलो चरणमै बलियो प्रतिद्वन्द्वीको शिकार भइन् ।
बंैकक एसियाड अगाडि भएको दुर्घटनाका कारण उनले ६ महिना अस्पतालमा बिताइन् । उनलाई फेरि तेक्वान्दोमा फर्कने आशा पनि थिएन । ‘बिएन्ड बी’का चिकित्सक डा. बाबुकाजीले थुप्रै उत्साह दिए । विदेशका उदाहरणीय किताब ल्याएर पढ्न दिए । गोडामा स्टिल राखेकी सिंगिनाले फेरि तेक्वान्दोमै फर्कने हिम्मत गरिन् । सुरुका दुई महिना त उनलाई भर्खर तेक्वान्दो सिक्न थाले जस्तो भयो । अझ दायाँ गोडाले त कामै नगर्ने ।
तीनै संगिना फेरि राष्ट्रिय टोलीमा फर्किइन् । फेरि साग खेलमा लगातार दुईपटक स्वर्ण जितिन् । ओलम्पिकमा छनोट पनि भइन् ।
सन्न्यासपछि प्रशिक्षणमा व्यस्त संगिनाको निगरानीमा नेपाली सेना र राष्ट्रिय टोली रहेको छ । उनको सामु चुनौती थपिएको छ । खस्किएको तेक्वान्दोको स्तर सुधार्न आवश्यक ठान्छिन् । अन्य क्षेत्रले सहयोग गरे र मौका मिले एकडेमी खोल्ने सोचाइ पनि उनको नभएको होइन । जे गरे पनि उनका लागि अबको चुनौती खस्केको तेक्वान्दो स्तरमा सुधार नै हो । विधान लामा, सीता राई, उनी आफू, दीपक विष्टलगायत थुप्रै स्टारले तेक्वान्दोको स्तर थेगे । अब एउटा नयाँ रोल मोडल नभए नेपाली तेक्वान्दो सायद एकदमै कठिन अवस्थामा पुग्नेछ । ‘यो अवस्थाबाट मुक्ति दिलाउन हामी सबै प्रशिक्षक चिन्तित छौँ तर हामीलाई टोलीको जिम्मेवारी मात्र होइन, साथमा सामग्री र सुविधा उपलब्ध गराइयोस्,’ उनी आशावादी छिन्, उनको प्रशिक्षण कालमा तेक्वान्दो फेरि माथि उठ्न सक्नेछ । तर, सबै सरोकारवालाले यसलाई व्यवस्थित बनाउन सहयोग गर्नुपर्‍यो ।
दैनिक तेक्वान्दो प्रशिक्षणमा व्यस्त संगिनाबाट पछिल्ला पुस्ताले पक्कै धेरै सिप सिक्नेछन् । संगिनाको जीवन धैर्य, लगन, परिश्रम र समर्पणका थुप्रै अध्यायले भरिएको खुल्ला किताब हो । जहाँबाट पछिल्ला पुस्स्ताले थुप्रै कुरा सिक्नेछन् ।

प्रतिक्रिया