८० प्रतिशत तेल स्वदेशमै खपत

कलैया : सटही गाविस–३ स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढीबाट उत्पादित जडीबुटी प्रशोधित सुगन्धित तेल स्वदेशमा ८० प्रतिशत खपत हुने गरेका र बाँकी २० प्रतिशत भारत, जर्मन, स्विडेनलगायत अन्य मुलुकमा निर्यात हुने गरेको तामागढीका प्रमुख लक्ष्मीदत्त वन्तले बताएका छन् ।
वन मन्त्रालयले जडीबुटी खेती गरी कृषकको जीवनस्तर उकास्न वि.सं. ०३८ मा वन क्षेत्रका करिब ५ सय बिघा क्षेत्रफल जग्गा जडीबुटी खेती गर्नका लागि कम्पनीलाई उपलब्ध गराएकोमा कम्पनीले हालसम्म करिब ३ सय बिघा क्षेत्रफलमा मात्र जडीबुटीखेती गरेको छ । कम्पनीले ०६९/७० मा जडीबुटी उत्पादन प्रशोधन कुल १८ हजार १ सय ५० केजी सुगन्धित तेल उत्पादन गर्ने लक्ष्य रहेकोमा कुल दुई करोड ७१ लाख बराबरको सिटेनिला, लेमनग्रास, पामारोजा, मेन्था, क्यामोमाइल, फ्रेन्चवेगिल र बोझो गरी १२ हजार ७ सय ११ दशमलव २६ केजी सुगन्धित तेल उत्पादन गरिएको छ ।
जडीबुटी कम्पनीले लिगमा उपलब्ध गराइएको जग्गामा करिब २ सय महिला, पुरुष कृषकले सिट्रनेला, लेमनग्रास, पामारोगा, मेन्था, क्वामोमाइल, बोझो जातका जडीबुटीखेती कालमी अनावश्यक बिरुवा, खनजोत, सिँचाइ कम्पनीले सहुलियत दरमा सेवा दिने गरेको र जडीबुटी नि:शुल्क प्रशोधन गरिएको बताइएको छ । सतहीका कृष्ण न्यौपानेले विगत २० वर्षदेखि जडीबुटीखेती गर्दै आएको खेती कटाइ प्रतिकठ्ठा र करिब तीन हजार आम्दानी हुने गरेको कुरा बताए । (सौस)

प्रतिक्रिया