‘राजमो र संजमो’बीच पार्टी एकीकरण

chitra bahadur kcकाठमाडौं ८ असोज । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजिलाल वाईवा संयोजकत्वको संयुक्त जनमोर्चा नेपालबीच एकीकरण भएको छ ।
काठमाडौंमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर दुई पार्टी एकीकरण भएको जानकारी दिईएको हो । दुई पार्टी एकीकरण भएपनि नाम ‘राष्ट्रिय जनमोर्चा’ नै राख्ने सहमति भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पार्टीको नेतृत्व गर्ने छन् ।
नेपालको लोकतान्त्रिक, वामपन्थी विचारधाराका साथै राष्ट्रियता र जनजीविकाका सवालमा निरन्तर संघर्ष गर्ने सहमतिसहित पार्टी एकीकरण भएको अध्यक्ष केसीले जानकारी दिए ।

प्रतिक्रिया