सेन्सर बोर्ड अध्यक्षमा पराजुली

UmaKant_Parajuliनेपाल चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड ) को अध्यक्षमा उमाकान्त पराजुली नियुक्त भएका छन् । सोमबार सरकारले उनलाई बोर्डको जिम्मेवारी तोकेको हो । यसअघिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि पराजुली उक्त स्थानमा आएका हुन् । यसअघि उनी सूचना तथा सञ्चार मन्त्रालयको मुद्रण विभागका महानिर्देशक थिए । परराष्ट्र मन्त्रालयका सहसचिवको जिम्मेवारी सम्हालिसकेका पराजुलीले अब नयाँ जिम्मेवारी कसरी बहन गर्लान्, त्यो भने आगामी दिनमा थाहा हुने नै छ । उनले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।
सञ्जेल अध्यक्ष रहँदा अश्लील चलचित्रविरुद्ध कडाइका साथ उभिएका थिए । अश्लीलताको घोरविरोधीका रूपमा चिनिने सञ्जेलले अधिकांश चलचित्रमा कैँची लगाएका थिए । बलिउड चलचित्र ‘ग्रान्ड मस्ती’ निकै नै अश्लील भएको भन्दै उनले नेपालभित्र प्रदर्शनमा रोक लगाइदिएका थिए । ग्रान्ड मस्ती बलिउडमा निकै चर्चामा छ । पछिल्लो समयमा यौन विषयका नाममा अश्लील चलचित्रको बाढी नै आएपछि सञ्जेल उनीहरूका लागि टाउको दुखाइ बनेका थिए । सञ्जेलले यस्ता खाले चलचित्रमा निकै कडाइ गरेका थिए । (सौस)

प्रतिक्रिया