गैँडा दिवसमा नगद र कदरपत्र

सौराहा, ७ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा चौथो गैँडा दिवसका अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त अवसरमा विश्वमै दुर्लभ मानिएको एक सिंगे गँैडा संरक्षणमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिको सहभागिता रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय कसराद्वारा आयोजित कार्यक्रममा गैँडा संरक्षणमा योगदान दिने नेपाली सेनाको नन्दाबक्स गणका सह–सेनानी प्रभात थापा, रणदल गुल्मका सह–सेनानी मनश्याम थापा, नन्दाबक्स गणका जमदार चक्रबहादुर बोहोरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान जनक खडका र सुनिल भŁट्टराईलाई नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा चितवन निुकञ्जका गेमस्काउटहरू जनु महतो, लोकराज न्यौपाने, हात्तीसार शाखाका ढकरिया सुनिलकुमार चौधरीलाई पनि सम्मान गरिएको छ ।
निुकञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरद्वारा लिखित गैँडालाई चार वर्ष नामक पुस्तक बिक्रीबाट प्राप्त रकम गैँडाको आक्रमणबाट मृत्यु तथा घाइते परिवारका बालबालिकालाई छात्रवृत्ति स्वरूप प्रदान गरिएको थियो ।
प्रमुख सरक्षण अधिकृत कुँवरले पछिल्लो समय गैँडा संरक्षणका लागि बासस्थान र आहार व्यवस्थापनको काम चुनैतिपूर्ण बन्दै गइरहेको बताए ।

प्रतिक्रिया