पत्रकारका लागि निर्वाचनसम्बन्धी अनुशिक्षण

बनेपा, ७ असोज । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा पत्रकारका लागि निर्वाचनसम्बन्धी अनुशिक्षण सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको दुई दिने अनुशिक्षण तालिममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीले निर्वाचन आचारसंहिता पालना गराउन र निष्पक्ष निर्वाचन गराउन सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा व्यक्त गरे । निर्वाचन अधिकारी हरिशचन्द्र घिमिरेले निर्वाचन प्रभावकारी बनाउन तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । अनुशिक्षणमा काभ्रेका झन्डै २० पत्रकार सहभागी छन् ।

प्रतिक्रिया