श्रेष्ठको निवासमा ‘सेटिङ’ मिलाउँदै दाहाल

prachandaकाठमाडौं, ५ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका प्रभावशाली नेताहरुसँग चुनावी रणनीति र नेकपा–माओवादीसँगको सम्बन्धका विषयमा छलफल गरेका छन् ।
ललितपुरको हात्तीबनस्थित पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवासमा आज (शनिबार) बसेको केन्द्रीय कार्यालयको बैठकमा चुनावी रणनीति र भावी योजनाका विषयमा छलफल भएको हो । बैठकमा चुनाव अघि नेकपा–माओवादीसँग पार्टी एकता गर्ने वा चुनावी तालमेल गरेर जाने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।
चुनावी रणनीतिका साथै घोषणापत्रका विषयमा छलफल भएको नेता पोष्टबहादुर बोगटीले बताए । ‘उम्मेदवारहरुको छनौटका विषयमा छलफल भएको हो,’ उनले भने, ‘उम्मेदवार छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
बैठकमा अध्यक्ष दाहालका साथै पूर्व उपाध्यक्ष बाबुराम भट्टराई, पूर्व उपाध्यक्ष श्रेष्ठ, पूर्व महासचिव बोगटीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया