सुपथमूल्य पसलमा उपभोक्ताको भिड

ललितपुर : बिहीबारदेखि उपत्यकाका आठ स्थानमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा भिड बढेको छ । सर्वसाधारण उपभोक्तालाई लक्षित गरी दसौका लागि खाद्यवस्तु बेच्न सरकारी तहबाट सञ्चालन गरिएको सुपथमूल्य पसलमा किन्नेभन्दा पनि भाउ सोध्ने र हेर्ने उत्सुक उपभोक्ताको भिड बढ्न थालेको छ ।
आठ स्थानका सुपथमूल्य पसलमध्ये जावलाखेलमा रहेको सुपथ पसलमा केके राखिएको छ, अन्यत्रको तुलनामा सस्तो पर्छ कि पर्दैन भन्ने बुझ्न आउने उपभोक्ता बढी पाइएको व्यवस्थापक सञ्जय जोशीले बताए । सुपथमूल्य पसलमा सााच्चै सस्तो भाउ छ कि छैन भनेर बुझ्न आएको ललितपुर टीकाथलीकी सुजन घिमिरेले बताए ।
‘किन्नै पर्दा त परिवारलाई ल्याएर आइन्थ्यो ।’ उनले भनिन् । भर्खर सञ्चालनमा आएकाले व्यवस्थापन गर्न पनि बााकी छ, ग्राहक बिस्तारै बढ्ने व्यवस्थापक जोशीले बताए । सुपथमूल्य पसलमा नुन, चिनी, दाल, चामल, मसला, तेल, घ्यू, डाल्डा, पीठो, दूधलगायतका खाद्यवस्तु के–कतिमा बिक्री गरिन्छ भन्ने दरभाउ सबैले देख्ने गरी टाासिएकाले बिक्रेतालाई सोध्नभन्दा सूची हेरेर नोट गर्न अनुरोध गरेको छ । जाउलाखेल चोकमै रहेको ललितपुर उपमहानगरपालिका–४ को कार्यालयमा रहेको सुपथमूल्य पसलले बजारमा प्रतिकेजी ७२ रुपियाँ पर्ने चिनी ६६ रुपियाँमा र १५ रुपियाँ पर्ने आयोडिन नुन प्रतिकेजी १३ रुपियाँमा बिक्री गरिरहेको छ ।
बजार भाउभन्दा केही सस्तो भए पनि बिहान झन्डै ११ बजेतिर मात्र खुल्ने र साँझ साढे ४ बजे नै बन्द हुने भएकाले कामकाजीका लागि सहज नभएको नेपाल टेलिकमका सहायक प्राविधिक सञ्चिता मानन्धरले बताए । सरकारी स्वामित्वका नेपाल खाद्य संंस्थान, साल्ट ट्ेरडिङ, दुग्ध विकास संस्थान, नेसनल ट्रेडिङ लिमिटेडका उत्पादन राखिएका सुपथमूल्य पसल अहिलेदेखि छठ पर्वसम्म झन्डै दुई महिना सञ्चालनमा आउने ललितपुरका सहायक प्रमुखजिल्ला अधिकारी तेजप्रसाद पौडेलेले जानकारी दिए । (सौस)

प्रतिक्रिया