आयआर्जनका लागि बाख्रा वितरण

माडी, ५ असोज । चितवनको ग्रामीण भेग माडीको विकट क्षेत्र बादरझुला तथा कुसुमखोलाका स्थानीयलाई आयआजर्नका लागि बाख्रा वितरण गरिएको छ ।

आर्थिक र सामाजिक रूपले विपन्न समुदायको बसोबास रहेको सो क्षेत्रमा नेपाल ख्रिस्टीयन राहत सेवा समितिले आयआर्जनका लागि बाख्रा वितरण गरेको हो । बाख्रा पालन उपयोगी देखिएपछि समितिले माडीको बादरझुला तथा कुसुमखोलामा बस्दै आएका सुकुम्बासीलाई बाख्रा वितरण गरेको समितिका अध्यक्ष डा. सिमन पाण्डेले जानकारी दिए ।
भोकमरीबाट ग्रसित माडीको अयोध्यापुरी गाविसअन्र्तगत पर्ने बादरझुला तथा कुशुमखोलाका स्थानीयलाई शक्तिखोरबाट लगिएका एक सय चार बाख्रा वितरण गरिएको थियो । भारतीय भूमिसँग सिमाना जोडिएको विकट क्षेत्रमा सुकुम्बासी, गरिब विपन्न तथा चेपाङ सम्ुदायको बाहुल्यता रहेको छ । गाउँमा एक सय ४ धरधुरी रहेको उक्त गाउँमा १५ लाख रुपियाँ बराबरको बाख्रा वितरण गरिएको कार्यक्रमका अध्यक्ष डा. सिमन पाण्डेले जानकारी दिए ।
गाउँ चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको वस्ती हो । विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने पिछडिएका वर्गको उत्थानका लागि काम गदै आएको ख्रिस्टीयन राहत सेवा समितिकी कार्यक्रम संयोजक रूमी केसीले बताइन् । समितिले खाद्यान्न अभाव भएपछि सो क्षेत्रमा खाद्यान्न वितरण गरेको थियो । संस्थाले स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष बाख्रा वितरण गरेको उनले प्रस्ट पारिन् ।
सन् २००६ मा स्थापना भएको संस्थाले हालसम्म प्रकोप व्यवस्थापन, पुनस्र्थापना कार्यक्रमअन्र्तगत जिविको पार्जन, आपतकालीन राहात वितरण, लत्ता कपडा टेन्ट वितरण स्वास्थ्य शिविर आयोजनालगायतका कार्यक्रम गर्दै आएको बताइएको छ । संस्थाले हालै मात्र कैलाली र कञ्चनपुरमा आएको बाढीबाट प्रभावित पाँच सय परिवारलाई राहात प्रदानसमेत गरी सकेको छ । संस्थाले नेपालका ३० भन्दा बढी जिल्लाका विपन्न समुदायको विकासमा काम गर्दै आएको छ ।

प्रतिक्रिया