रंग‍-विविध

भुवनको नाम काठमाडौं एकबाट सिफारिस

सौर्य अनलाइन २०७० असोज ४ गते ०:२३ मा प्रकाशित

Bhuwan-K-Cकाठमाडौं : नेपाली चलचित्रका सदावहार नायक भुवन केसीलाई नेकपा (एमाले)ले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ । केही समयअघि एमाले अध्यक्ष झलनाथ खनालबाट टीका थापेर पार्टी प्रवेश गरेका नायक केसीलाई एमालेले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फबाट सिफारिस गरेको हो । केसीसँगै एमालेले अधिवक्ता सपना मल्ल प्रधान र विदुर मैनालीको नाम पनि सिफारिस गरेको छ । संविधानसभा निर्वाचनको मिति घोषणा भएसँगै चुनाव लड्ने बताउादै आएका केसी बल्ल उम्मेदवारमा सिफारिस त भएका छन् तर टिकट पाउाछन् कि पाउादैनन् । त्यसका लागि भने अझै केही समय कुर्नैपर्छ । आफ्नो जन्मदिनको अवसर पारेर राजनीतिमा सक्रिय हुने बताएका नायक केसीले छोरा अनमोलले चलचित्र क्षेत्रमा आफ्नो अभाव हुन नदिने विश्वास व्यक्त गरेका थिए । केसीले टिकट पाइहाले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न भने त्यति सहज छैन । उनका प्रतिद्वन्द्वीका रूपमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल छन् ।
सौर्यसँग कुरा गर्दै नायक केसीले आफूले काठमाडौंको जुनसुकै निर्वाचन क्षेत्रबाट भए पनि आफू निर्वाचन लड्न तयार रहेको उनले बताए । उनले आफ्नो चाहना प्रत्यक्षतर्फबाटै निर्वाचन लड्ने भएकाले टिकट पाए चुनाव जितेर देखाइदिनेसमेत दाबी गरे । उनले भने, ‘मैले पार्टीसँग यत्तिकै रहर लागेर टिकट देऊ भनेको होइन, पार्टीले मलाई विश्वास गरेर काठमाडौंको जहााबाट टिकट दिए पनि हुन्छ तर म जितेर देखाइदिन्छु ।’ नायक केसीले पार्टीको निर्णय आफूले स्वीकार गर्ने बताउादै प्रत्यक्ष वा समानुपातिक जस्तो उम्मेदवार बनाए पनि गुनासो नगर्ने उल्लेख गरे । उनले भने, ‘सकेसम्म म प्रत्यक्षबाटै चुनाव लड्न चाहन्छु ।’ (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय