‘ग्रान्ड मस्ती’ को आम्दानी तीन दिनमै ४० करोड

नेपाली फिल्मको बजार निरन्तर ओरालो लागिरहे पनि बलिउडमा भने एकपछि अर्को गर्दै चलचित्रले धमाका मच्चाइरहेका छन् । चेन्नई एक्सप्रेसले बलिउड बक्स अफिसमा अहिलेसम्मकै सबै रेकर्ड ब्रेक गरेलगत्तै पछिल्लो साता प्रदर्शनीमा आएको चलचित्र ‘ग्रान्ड मस्ती’ले पनि बलिउडमा दह्रो उपस्थिति देखाएको छ । सेक्स र रोमान्समा आधारित चलचित्र ‘ग्रान्ड मस्ती’ लाई नेपालमा प्रतिबन्ध लगाइए पनि भारतमा भने यसले एडल्ट सर्टिफिकेट पाएको थियो । यसले पछिल्लो दिनमा नै ४० करोडको व्यापार गरेर चेन्नई एक्सप्रेस युनिटलाई नै झस्काइदिएको छ । विवेक ओवराय, रीतेश देशमुख, अफतावलगायत कलाकारको अभिनय रहेको ग्रान्ड मस्तीलाई दर्शकले अत्यधिक रुचाएका छन् । अहिलेको व्यापारलाई नै हेर्ने हो भने चलचित्रले पहिलो हप्तामै ७० करोड आम्दानी पार गर्ने अनुमान गरिएको छ ।
एक महिनाका बीचमा बलिउडमा प्रदर्शनीमा आएका तीन चलचित्र चेन्नई एक्सप्रेस, शुद्ध देशी रोमान्स र ग्रान्ड मस्तीलाई दर्शकले अत्यधिक रुचाएका छन् । (एजेन्सी)

प्रतिक्रिया