ग्यासमा मूल्य बढाउने तयारी

nepal_oil_corporation_काठमाडौं, ३ असोज । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलर महँगो भएपछि नेपाल आयल निगमको घाटा बढेको भन्दै पुन ग्यासमा मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएपछि मासिक एक अर्ब ६८ करोडको घाटा एक अर्ब ३३ करोडमा झरेको निगमले बताए पनि भारतीय आयल कर्पोरेसन (आइओसी)ले सेप्टेम्बर १६ मा पठाएको मूल्यअनुसार नगमको घाटा पुन १ अर्ब ६८ करोडमै पुगेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरमा १ रुपियाँ २९ पैसा, डिजेलमा प्रतिलिटर १५ रुपियाँ २० पैसा घाटा रहेको निगमले जनाएको छ । डिजल सबैभन्दा बढी खपत हुने पेट्रोलियम पदार्थ भएकोले यसको नोक्सानीले समग्र निगमको नोक्सानीलाई बढाउने निगम अधिकारी बताउछन । यस्तो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले पुन: लोडसेडिङ बढाएको कारण डिजेलको खपत झन बढ्ने भएको छ । औद्योगिक उत्पादनमा बिजुली नहुँदा डिजलको भरमा बस्नुपर्ने अवस्थाले झन समस्या
सिर्जना गरेको छ । यस्तो अवस्थामा निगम भान्छामा प्रयोग हुने ग्यासको मूल्यवृद्धि गरी समस्या समाधान गर्नेतर्फ लागेको स्रोतले बतायो । हाल ग्यासमा प्रतिसिलिन्डर निगमलाई ६ सय २८ रुपियाँ नोक्सानी छ । ग्यास परलमूल्यमा बिक्री गरेमा निगमको नोक्सानी आधा भन्दा बढी घट्छ । तर डिजलको मूल्यवृद्धि गर्नेबित्तिकै सबै वस्तुको भाउ बढ्ने हँुदा सार्वजनिक यातायातले भाडा बढाउने भन्दै निगम ग्यासको मूल्य बढाउनेतर्फ लागेको हो ।
योभन्दा अघि निगमले ग्यासमा दुई थरीको सिलिन्डर प्रयोगमा ल्याउने बताए पनि यो अझैसम्म पनि कार्यन्वयन हुन सकेको छैन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि त्यस अनुसार निगमले मूल्य समायोजन गर्न सकेको छैन । राजनीतिक दबाबका कारण्ँ तेलको स्वचालित मूल्य समायोजन हुन नसकेको निगम अधिकारीले बताउँदै आएका छन् । सरकारले मूल्य समायोजन गर्न नसकेकाले निगमलाई तेल ल्याउन आवश्यक पर्ने दुई अर्ब रकम दिने निणर््ँय गरिसकेको छ । सरकार जमानी बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले निगमलाई ऋण्ँ दिने सरकारले अनुरोध गरिसकेको छ ।

प्रतिक्रिया