‘जी टिभी’ बिरुद्ध चितवनमा हस्ताक्षर संकलन

Zee-Tv-Chitwanचितवन, २ असोज । भारतीय संचारमाध्यम ‘जी टिभी’मा प्रशारित टेलिसिरियल ‘बुद्ध’मा देखाईएको गलत सन्देश बिरुद्ध चितवनका स्थानीय देखिएका छन् ।
‘जी टिभी’ले भगवान बुद्ध भारतमा जन्मिएको गलत सन्देश फैलाएको भन्दै रत्ननगरका स्थानीयले हस्ताक्षर संकलन गरेर राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षलाई पठाईएको हो । चितवनमा संकलन गरिएको झण्डै २० हजार हस्ताक्षर आज (बुधबार) जिल्ला प्रशासन कार्यालय चितवन मार्फत पठाईएको छ ।
सो हस्ताक्षर नेपाल उच्च माध्यमिक विद्यालय रत्ननगरका विद्यार्थीले तीनदिन लगाएर संकलन गरेका हुन् ।
हस्ताक्षर अभियान संकलन समितिका सह–संयोजक राजेन्द्र सापकोटाले भगवान गौतम बुद्ध भारतमा जन्मिएको गलत सन्देश दिएकोमा आफूहरुलाई दु:ख लागेको बताए ।

प्रतिक्रिया