भ्याली पब्लिक र एचएचसिए फाइनलमा

Basketballकाठमाडौं : भ्याली पब्लिक र एचएचसिए पाँचौँ प्याब्सन अन्तरविद्यालय छात्रा बास्केटलबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं प्याब्सन र बालविकास स्कुलद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा भ्याली पब्लिकले पृथ्वीलाई ३४–२२ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा सोनी वाइबा र सोनिया लिम्बूले समान ११–११ अंक योगदान गरे ।
अर्को सेमिफाइनलमा एचएचसिएले काठमाडौं इंलिस स्कुल (केइएस)को चुनौती ३४–१९ ले समाप्त पार्‍यो । एचएचसिएकी सुशीला तामाङले ११ अंक जोडिन् । (सौस)

प्रतिक्रिया