काभ्रे घटनाका दोषीलाई कारबाही माग

ललितपुर :बन्द आह्वानकर्ताले काभ्रेमा यात्रुबाहक बसमा गरेको आगजनी र जोरजर्बस्तीको घटनाका दोषीको पहिचान गरी कडा  कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।
नेकपा–माओवादीद्वारा शनिबार आह्वान गरेको बन्दमा गाडी चलाएको निहँमा बा २ ख ५६७२ नम्बरको यात्रुबाहक बसमा आगजनी गरिएको घटना मानवअधिकारको ठाडो उलंघन भएको भन्दै आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले लोकतान्त्रिक परिपाटीमा आफूलाई चित्त नबुझेको विषयमा शान्तिपूर्ण ढंगले विरोध गर्ने अधिकार भए पनि आगजनी, तोडफोडजस्ता हिंसात्मक गतिविधिले नागरिकलाई आतंकित तुल्याएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया