ब्युतियो युथ फोर्स

चितवन : आगामी मंसिर ४ गते हुने संविधानसभा चुनावलाई मध्यनजर गरी एमालेले युथफोर्सलाई फेरि सक्रिय बनाउने भएको छ ।
चितवनको रत्ननगरमा जारी युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीका शीर्ष नेताको निर्देशनमा पाच वर्षपछि युथफोर्स ब्युँताउने निर्णय गरेको हो । युथफोर्सको संयोजकमा चन्द्र लामा र उपसंयोजकमा ध्रुव आचार्य चयन भएका छन् । सदस्य संख्या ७५ वा सय पुर्‍याउने विषयमा छलफल जारी रहेको एक नेताले बताए । भेलाको बन्दसत्रलाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले युथफोर्स एमालेको मेरुदण्ड भएकाले विवादरहित तरिकाले चल्नुपर्ने बताएका थिए । (सौस)

प्रतिक्रिया