मध्य तथा पूर्वी तराईमा बन्द आह्वान

सिरहा, ३० भदौ । नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण मध्य र पूर्वी तराईको जनजीवन प्रभावित भएको छ ।
बन्दको प्रभाव सिरहालगायतका जिल्लामा परेको छ । नेकपा–माओवादीले आज (आइतबार) मध्य तथा पूर्वी जिल्लाहरुमा बन्द आह्वान गरेको हो ।
लहान, गोलबजार, बन्दीपुरलगायतका बजार क्षेत्रमा बन्दका कारण सवारी साधनहरु रोकिएका छन् । प्रहरीले स्कर्टिङ गरेर सवारी साधनलाई गन्तव्यमा लैजान खोजे पनि असफल भएको छ ।
बन्द सफल बनाउन सडकमा उत्रिएका नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा नेकपा–माओवादीका जिल्ला सह–सेक्रेटरी सुरेन्द्र साहसहित ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
बन्दकर्ताले चोहर्वामा ना. ३ ख ५५६८ र ना. ३ ख. ५७९६ नम्वरको मालबाहाक ट्रक सहित एकदर्जन सवारीसाधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया