दुई करोड ७१ लाख लगानी

बनेपा : कृषकले पालेका पशु सुरक्षाका लागि २ करोड ७१ लाख रुपियाँ लगानी भएको छ । आव ०६६/०६७ देखि चालु अवसम्म पशु धन सुरक्षण (विमा) अन्तर्गत २४ वटा गाविसमा सो लगानी भएको कृषि विकास बैंक अन्र्तगत साना तथा लघु उद्योग विभागका प्रबन्धक ध्रुवराज पौडेलले बताए ।
उनले नाफा प्रयोजनका लागि नभएर व्यवसायमा जोखिम न्यूनीकरणका लागि सरकारको अनुरोधमा पशुविमा सुरक्षण कार्यक्रम सञ्चालन भएकोमा जोड दिए । कृषकले आशा गरे अनुसारको रकम प्रयाप्त नहुन सक्ने उल्लेख गर्दै उहाँले चालु आवमा सरकारले ५ करोड १८ लाख रकम विनियोजन गरेको जानकारी दिए ।
साना तथा लघु उद्योग विभागले देशभर नै १५ प्रतिशत प्रिमियम(किस्ता) उठाउने गरेको तर सो अनुसार सबै पशु सुरक्षित हुन भने नसक्ने प्रबन्धक पौडेलले बताए । जिल्ला पशुसेवा कार्यालय काभ्रेको तथ्यांकअनुसार गाई र भौँसी गरी काभ्रेमा करिब १ लाख पशुविमा योग्य छन् । ०५५ देखि काभ्रेको ढंखर्कबाट सुरु भएको पशु सुरक्षणको कार्यक्रम अहिले ३० वटा गाविसमा पुगेको छ तर ६ वटा गाविसमा भने व्यवस्थित रूपले सञ्चालन भएको छैन ।
पशु सुरक्षाका लागि काभ्रेमा १७ वटा पशुविमा समिति रहेको जिल्ला पशु विमा समितिका संयोजक दीपकप्रसाद पौडेल बताउँछन् । उनल काभ्रेमा एक हजार पशुको क्षति बेहोर्नु परेको र त्यसको क्षतिपूर्ति विमा समितिले प्रदान गरिसकेको जानकारी दिए । पशु कार्यालय काभ्रेको तथ्यांकअनुसार काभ्रेमा एक लाख ३६ हजार ४ सय ८५ गाईमध्ये २२ हजार ६ सय ४० उन्नत जातका गाई रहेका छन् । त्यस्तै १ लाख ३० हजार ९९९ भँैसीमध्ये ६२ हजार ६८४ उन्नत र ६८ हजार ३१५ स्थानीय जातका भैँसी रहेका छन् । (सौस)

प्रतिक्रिया