सरकारले सेवासुविधामा विभेद गरेको आरोप

इलाम, २९ भदौ । विभिन्न ६ बुँदे मागसहित नेपाल राहत शिक्षक जिल्ला संघष समिति, इलामले जिल्ला शिक्षा अधिकारीमार्फत सरकार समक्ष ज्ञापन–पत्र पठाएको छ ।
संघर्ष समितिका सचिव धर्मप्रसाद दाहालका अनुसार ज्ञापन–पत्रमा अन्य शिक्षकसरह १८ प्रतिशत तलब र एक हजार रुपियाँ भत्ता, दुर्गम भत्ता, पोसाक भत्ता, स्थायी शिक्षकसरह सेवासुविधा दिइनुपर्नेलगायत माग राखिएको छ । सो मागको सुनुवाइ नभएमा आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापन–पत्रमा उल्लेख छ । समितिले आन्दोलनका कार्यक्रम पनि तय गरेको छ । पत्रमा भनिएको छ– माग पूरा नगरिए असोज १ र २ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिइने र २ गते शिक्षा कार्यालयमा ताला बन्दीसमेत गर्ने उल्लेख छ । समितिले एउटै पेसामा पनि राहत शिक्षकका लागि सरकारले सेवासुविधामा विभेद गरेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया