दोहोरो नाम लेखाउने मतदाता नामावली खारेज

ललितपुर ,२९ भदौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम लेखाउनेहरूको नाम खारेज गरेको जानकारी दिएको छ । यसरी दोहोरो नाम लेखाउने २४ हजारको लाम खारेज गरिएको उनले बताए ।
यसै उप्रेतीले राजनीतिक दलहरूले आचारसंहितामा रहेर स्वच्छ प्रतिस्पर्धामा निर्वाचन समपन्न गर्न सहयोग गर्नुपर्ने धारण व्यक्त गरेका छन् ।
‘यदि सबै दल र नागरिकहरूले आयोगले तोकेको मापदण्डमा रहेर आफ्नो प्रचारप्रसार गर्ने हो भने मुलुकमा भयरहित शान्तिपूर्ण निर्वाचन हुन्छ’ उनले भने ।
निर्वाचन आयोगले ललितपुरको गोदावरीमा आयोजना गरेको निर्वाचन सञ्चालन एवं व्यवस्थापनसम्बन्धी दुईदिने क्षेत्रीय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उप्रेतीले आचारसंहिताको विषयमा केही चुनौतीसमेत रहेको बताएका छन् ।
जिल्लामा निर्वाचन आयुक्तहरूको नियुक्तिसँगै निर्वाचनको माहोल बढेको र निर्वाचनसम्बन्धी अन्य तयारी आयोगले गरिरहेको समेत उनले जानकारी दिए । २०६४ सालको निर्वाचनभन्दा यसपालिको निर्वाचन समय र परिस्थिति केही भिन्न भएकाले आम नेपाली जनताको विश्वासलाई जितेर कार्य गर्न उनले जिल्ला निर्वाचन आयुक्तहरूलाई निर्देशन समेत दिएका छन् ।
गत निवार्चनमा जस्तो मृत्यु भएका वा परदेशमा रहेका व्यक्तिको नाममा आगामी निर्वाचनमा मतदान गर्ने अवस्था नभएकाले निर्वाचन विश्सनीय बनाउन आयोगले सम्भव भएसम्म कातिक भित्रमा परिचय पत्र वितरण गर्ने तयारी भइरहेको उप्रेतीले बताए ।
उनले कुनै पनि दलको झन्डा बोकेर निर्वाचन प्रर्यवेक्षकको परिचय पत्र बोक्ने क्रमलाई रोक्न राजनीतिक दलका कार्यकर्तालाई यसपालि पर्यवेक्षणको जिम्मा नदिने समेत दाबी गरेका छन् ।
सार्क र एसियाली मुलुकका केही सस्थांहरूलाई आगामी संविधानसभाको निर्वाचनको पर्यवेक्षणका लागि आग्रह गरिएको बताए । मुलकभरिका विभिन्न संस्थाबाट ७४ हजारभन्दा धेरै व्यक्तिले यसपालिको निर्वाचनमा पर्यवेक्षकको भूमिका निभाउने समेत उप्रेतीले बताए ।
मतदाताहरूलाई संविधानसभा निर्वाचन बारे जानकारी दिन मुलुकभर रहेका ३ सय ८७ एफएम रेडियो,  १४ वटा राष्ट्रिय टेलिभिजन र छापा माध्यमबाट समेत चेतनामूलक सामग्री प्रसारण गर्ने तयारी गरेको जानकारी दिएको छ । गत निर्वाचनमा मतदाताहरूलाई निमन्त्रणा कार्ड दिएर मतदान गर्न आह्वान गरे पनि यसपालि भने परिचय पत्रमा नै पछिल्लो भागमा निमन्त्रणा राखेर छाप्ने तयारी गरिएको उप्रेतीले बताए । आयोगले सबै भाषालाई समेटन नसके पनि करिब २८ भाषामा भने मतदाता सचेतनासम्बन्धी पोस्टर, हाते पुस्तिका, पर्चालगायत सामग्रीहरू प्रकाशन गर्ने तयारी भइरेहको जानकारी दिएको छ ।
कार्यक्रममा मंसिर ४ गते सम्पन्न हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि १५ हजार मतदाता सचेतना स्वयं सेवक , २ लाख हाराहारीमा निर्वाचन कर्मचारी र १ लाखभन्दा धेरै सुरक्षाकर्मी परिचानल हुने जानकारी दिएइको छ । दुई दिनसम्म चल्ने उक्त कार्यशालामा मध्यमाञ्चल विकाश क्षेत्र १९ जिल्लाका निर्वाचन आयुक्त, निर्वाचन अधिकृत गरी ८५ जनाको सहभागिता रहनेछ ।

प्रतिक्रिया