तोडफोडमा संलग्न प्रदर्शनकारी पक्राउ

सुर्खेत, २८ भदौ । नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चाका कार्यकर्ताले सुर्खेतमा सवारी साधनमा तोडफोड गरी क्षति पुर्‍याई दिएका छन् ।
तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ पनि गरेको छ । मोर्चाले आज (शुक्रबार) आह्वान गरेको बन्द अवज्ञा गरेको भन्दै तोडफोड गरेको उनीहरुले जनाएका छन् ।
झण्डा र लाठीसहित सडकमा उत्रिएका कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिका–१० मा दुई वटा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले ना.२ ख ७२६६ र लु.१ क ९६९ नम्वरका ट्रकमा ढुंगा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका हुन् ।
ढुंगा प्रहार गरी तोडफोडमा संलग्न हरिहरपुर–४ का धनसिंह विक, वीरेन्द्र नगरपालिका–१ का शिव परियार, पाम्का–४ का २८ बर्षीय नरेन्द्र राना र मुगु जिल्ला गाम्था–१ घर भएका ३६ बर्षीय गौरव शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया