सर्लाही नापी कार्यालयमा बम बिष्फोट

bombसर्लाही, २८ भदौ । सर्लाही जिल्लाको मलंगवास्थित नापी कार्यालयमा कुकर बम विष्फोट हुँदा आठ जना घाईते भएका छन् ।
मलगंवा नगरपालिका–९ मा रहेको नापी कार्यालयमा अपरिचित समूहले राखेको बम आज (शुक्रबार) बिष्फोट भएको हो । बम पौने बाह्र बजे बिष्फोट भएको प्रहरीले जनाएको छ ।
बिष्फोटबाट नापी अधिकृत ४० बर्षीय नागेन्द्र रायसहित ८ जना सेवाग्राही घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । घाइते मध्ये रामवन–८ का गौरीशंकर महतोको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य छ ।
बम बिष्फोटन भएको स्थानमा अखिल तराई मुक्ति मोर्चा (गोहित समूह) लेखिएको पर्चा फेला परेको छ ।

प्रतिक्रिया