सशस्त्र प्रहरी बिरुद्ध रौतहटका व्यापारी

bandरौतहट, २८ भदौ । सशस्त्र प्रहरीले व्यापारीले ल्याएका सामान खानतलासी गर्नुका साथै दुरव्यवहार गरेको भन्दै उद्योग वाणिज्य संघ रौतहटले गौर बजार बन्द आह्वान गरेको छ ।
लगातार आज (शुक्रबार) दोस्रो दिन संघले गरेको बजार बन्दाले स्थानीय सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
भन्सारमा राजश्व तिरेर ल्याएका सामानमा सशस्त्र प्रहरीले चेकजाँचका नाममा रकम माग्ने गरेको संघको आरोप छ । रकम नदिँदा सामान पक्राउ गरी भन्सारमा बुझाउने गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको व्यपारीहरुले बताए ।

प्रतिक्रिया