सडक निर्माणको लक्ष्य पूरा हुँदै

krishnahariकाठमाडौं, २७ भदौ । मन्त्रिपरिषद् कार्यलयका सचिव कृष्णहरि बास्कोटाले सडक निर्माणको लक्ष्य पूरा हँुदै गएको बताएका छन् । २०७० असोज २० सम्ममा सम्पादन गरिने कामको लक्ष्य निर्धारण गरिएको उनले बताए । सचिव बास्कोटाले २० असोजसम्म डिभिजन सडक कार्यालय, काठमाडौंले मानदेव मार्गमा सात सय ५० मी कालोपत्रे गर्ने, नक्साल कालोपुल सिफल मित्रपार्क सडकमा एक हजार आठ सय ४० मी. बेस निर्माण गर्ने, टंकेश्वर ताहाचल छाउनी स्वयम्भू सडकमा एक हजार चार सबबेस निर्माण गर्ने र नारायणचौर नानीगंज सडकमा चार सय मी. कालोपत्रे गरिने गरी लक्ष्य तोकिएको छ ।
यो अवधिमा चण्डोल टुडालदेवी थीरवम सडकमा नौ सय ७५ मी. वेस निर्माण गर्ने, पिपलवोट सुकेधारा वराह मार्गमा ६ सय मिटर, भगवान पाउ वनस्थली सडकमा पाँच सय, पाँच सय मी. ह्युम पाइप निर्माण गर्ने र पाँच सय मिटर सबबेश निर्माण हुने पनि बास्कोटाले जनाए ।
सचिव वास्कोटाका अनुसार डिभिजन सडक कार्यालय ललितपुरतर्फ कानदेवतास्थान–कुपण्डोल–सानेपा–ज्ञानोदय–पुल्चोक सडकमा कालोपत्रे चार सय मी., टेवा पर्खाल १ सय घनमिटर, नाली निर्माण चार सय मिटर, फुटपाथ एक सय,  निर्माण गर्ने, एकान्तकुना–भनिमण्डल–चक्रपथ सडकमा कालोपत्रे एक सय  मिटर लक्ष्य निर्धारण गरिएको छ ।
काठमाडौं विस्तारित सडकको उच्चस्तरीय अनुगमन समितिका संयोजकसमेत रहेका बास्कोटाका अनुसार २०७० असोज २० सम्ममा डिभिजन सडक कार्यालय, भक्तपुरले सल्लाघारी व्यासी सडकमा कालोपत्रे पाँच सय मी. निर्माण गर्ने, ठिमी शंखधरचोकदेखि बालकुमारी सडकमा तीन सय मी. कर्वस्टोन तथा तीन सय मी. नाली निर्माण गर्ने, जगदम्बा टावर निकोसेरा सडकमा फुटपाथ सय मि. निर्माण गर्ने र सानोठिमी (एस.ओ.एस.) खाप्ला मिलरोड सडकमा टेवापर्खाल दुई सय मिटर निर्माण गर्ने गरी लक्ष्य तोकिएको पनि बास्कोटाले बताए ।
नेपाल विद्युत प्राधिकरणले २० असोजभित्र माइतीघर–भद्रकाली, नारायण चौर–नक्शाल, कालिकास्थान–घट्टेकुलो, खसीचोक–डिल्लीबजार पिपलबोट, बानेश्वर–शंखमूल, चण्डोल–टुडालदेवी, लिकमार्ग र ताहाचल–छाउनी–स्वयम्भू मार्गमा विद्युतीकरण सम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने पनि बास्कोटाले जनाए ।

प्रतिक्रिया