लुम्बिनीको विकासमा जुट्न भट्टराईको आग्रह

Baburam-Bhattaraiभैरहवा, २६ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वको सामरिक स्थल लुम्बिनीको विकासमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।
भैरहवाबाट प्रकाशित लुम्बिनी खबर राष्ट्रिय साप्ताहिकको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘जिल्लाका समसामयिक विषयवस्तुमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा एमाओवादी वरिष्ठ नेतासमेत रहेका भट्टराईले विश्वशान्तिको उद्गमस्थल लुम्बिनीको विकास सही रूपमा भएमा मात्र नेपालको विकास हुनेमा जोड दिए । डा. भट्टराईले आगामी संविधानसभा निर्वाचनमा लुम्बिनी क्षेत्रबाट आफू प्रतिनिधित्व गर्न चाहेको बताउँदै सो क्षेत्रको विकासका लागि पनि पार्टीले उनको उम्मेदवारी सोही क्षेत्रबाट दिन लागेको बताए ।
कार्यक्रममा सो साप्ताहिकका प्रधानसम्पादक डा. घनश्याम न्यौपानेले लुम्बिनी खबर सशक्त रूपमा अगाडि बढेको पत्रिका भएको जनाउँदै सत्य–तथ्य र निष्पक्ष समाचारमा आºनो टिम अनवरत रूपमा खटिरहेको बताए ।
सम्पादक नरेश केसीले लुम्बिनी खबरले लुम्बिनी क्षेत्रका समस्यालाई उठान गर्दै उपलब्धिलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा पत्रिकाका अध्यक्ष शम्भुप्रसाद खनालले लुम्बिनी खबरले छोटो समयमा गरेको प्रगति विवरण पेस गर्दै पत्रिकाका भावी योजनाबारे प्रकाश पारेका थिए । लुम्बिनी खबरले एक वर्षको अन्तरालमा उठाएका मुख्य–मुख्य मुद्दालाई वृत्तचित्रको रूपमा कार्यक्रमका संयोजक तथा सहसम्पादक कमल रायमाझीले प्रस्तुत गरेका थिए ।
वृत्तचित्रमा आधारित भएर नेपाल पत्रकार महासंघका पार्षद चेतन पन्त, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, सिनपाका कार्यकारी अधिकृत टीकादत्त राई, भैरहवा भन्सार कार्यालयका प्रमुख कुलराज ज्ञवाली, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा, प्रा.डा. गितु गिरी, क्रियाशील महिला पत्रकार समूह रुपन्देही अध्यक्ष भगवती पाण्डे, लुम्बिनी अञ्चल प्रहरी प्रमुख मिङमार लामा, सीमा सुरक्षा बल रुपन्देहीका प्रमुख भेषबहादुर शाह, सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नेपाल सिमेन्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष ऋषिकेश अग्रवाल, वरिष्ठ साहित्यकार विजय सागर, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य शान्ता जिसी, पब्लिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष भरतकुमार पोखरेल, सिद्धार्थनगर सिटी हस्पिटलका निर्देशक अर्जुन पौडेल, लेखक उदयराम पौडेल, समाजसेवी सीताराम उप्रेती, कानुन व्यवसायी सूर्य अधिकारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यवाहक अध्यक्ष खिमबहादुर खत्रीलगायतले जिल्लाको समसामयिक विषयवस्तुमा सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे आलोचनात्मक टिप्पणी गरेका थिए ।
यसैबीच, सो सप्ताहिकले लुम्बिनी अञ्चलमा खोज पत्रकारितामा कलम चलाएका पत्रकार कपिलवस्तुका खगप्रसाद चापागाईं, नवलपरासीका कल्पना भट्टराई र रुपन्देहीका राजकुमार धवललाई सम्मान गरेको छ । लामो समयदेखि खोजपत्रकारितामा कलम चलाएको भन्दै पत्रकारत्रयलाई प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा. भट्टाराईले सम्मान गरेका थिए । सोही अवसरमा विकास, राजनीति, अर्थ तथा संस्कृति र शिक्षासेवी तथा लेखक प्रा.डा. गितु गिरी, उमेश रिजाल, लक्ष्मी शर्मा, कृष्णप्रसाद बस्याल, कविता रिजाल, उदयराम पौडेल, गंगा अभिलाषी, सुरज घिमिरे, श्री रायमाझी, कृष्णचन्द्र बस्याल, तिलक पौडेल, शंकर पाण्डे, केशव शर्मा बेल्बासे, नारायण सापकोटालगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया