लाल बकैयामा डुबेका २ बालिका बेपत्ता

Rautahat Districtरौतहट, २३ भदौ । रौतहटको लाल बकैया नदीले बगाएर बेपत्ता बनाएका दुई बालिकाको अबस्था अझै अज्ञात छ ।
शनिबार मध्यान्ह चार जनाको समूहमा रहेका स्थानीय नदी पार गर्ने क्रममा दुई बालिका नदीमा बगेको ईलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायब निरीक्षक सोभन विक्रम राणाले जानकारी दिए ।
ढाँकी बुन्ने खर काटन जाने क्रममा अकोलवा बैरिया–७ की ९ वर्षीया सकिना खातुन र १६ वर्षीया सवाना खातनुलाई लाल बकैया नदीले बगाएको हो ।
सकिनालाई बचाउने क्रममा सवानापनि नदीमा बगेर बेपत्ता भएकी हुन् । बचाउने क्रममा नदीमा बगेकी १६ वर्षीया लाडली खातुनलाई स्थानीयले बचाएका थिए । उनको अवस्था सामान्य छ । नदीले बगाएका सवाना र लाडलीको उद्धारका लागि खोजी कार्य जारी रहेको प्रहरी नायव निरीक्षक राणाले बताए ।

प्रतिक्रिया