बैद्य समूहलाई चुनावमा भाग लिन आग्रह

madhav nepal 1रौतहट, २२ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादीलाई वार्ता मार्फत माग सम्बोधन गरेर चुनावमा सहभागी गराउने दोहर्‍याए ।
गृह जिल्ला रौतहटको गौरमा आज (शनिबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले मोहन वैद्य समूहको माओवादीलाई वार्तामा ल्याएर सबै समस्याको समाधान गर्ने बताए ।
‘चुनाव विथोल्ने वा चुनावका बारेमा अनावश्यक धम्कीहरु दिनुको साटो निर्वाचनमा सहभागी हुनु पर्छ,’ उनले भने ।
देश भरि निर्वाचनको माहोल बनी सकेकोले अब निर्वाचन कसैले रोक्न नसक्ने नेपालको दाबी छ ।

प्रतिक्रिया