पूर्व अध्यक्ष थापको ‘ल फर्म’मा छापा

Shambhu Thapaकाठमाडौं, २१ भदौ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भू थापाको ‘ल फर्म’मा राजश्व अनुसन्धान विभागले छापा मारेको छ ।
काठमाडौंको पुतलीसडकस्थित थापाको ‘ल फर्म’मा राजश्व छली गरेको आरोपमा विभागका कर्मचारीले आज (शुक्रबार) छापा मारेका हुन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका पूर्व अध्यक्ष थापालाई आयकर र भ्याट छली गरेको आरोप लागेको स्रोतले जनाएको छ । थापाले २०३७ साल देखि वकालत पेशा गर्दै आएका छन् ।
पूर्व अध्यक्ष थापाले विभागका कर्मचारीहरुले भ्याट बिल माग गरेर हेरेको बताए ।

प्रतिक्रिया