हामी आफूले आफैंलाई सच्चाऔं : कोइराला

Shankar-Koiralaकाठमाडौं, २१ भदौ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ‘दुई दिनको काम एक दिन र एक दिनको काम ६ घण्टा’मा झार्नसके मात्र निजामती सेवा दिवस मनाएको सार्थकता हुने बताएका छन् ।
निजामती सेवा दिवस–२०७० का अवसरमा आज (शुक्रबार) राजधानीमा आयोजित अर्थ मन्त्रालयले गरेको कार्यक्रममा उनले आफ्नो विगत सम्झिएर आफूले आफैंलाई सच्याउने दिनका रुपमा ग्रहण गर्न आग्रह गरे ।
राजनीतिकर्मी र सेवाग्राहीले कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको अनुभव सुनाउँदै मन्त्री कोइरालाले निवृत्त प्रशासकहरु नै सरकारमा रहेको वर्तमान अवस्थामा त्यो छवि सुधार्ने मौका भएको स्पष्ट पारे ।
उनले बद्लिँदो अवस्थामा कर्मचारीलाई विगतजस्तो अविश्वास गर्ने अवस्था नरहेको बताएका उनले यतिबेला कार्य सम्पादन अब्बल बनाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया