थुम्सीको जंगलस्थित खोलामा बृद्धाको शव

Nawalparasiनवलपरासी, २० भदौ । नवलपरासी जिल्लास्थित थुम्सीको जंगलमा बृद्धाको शव फेला परेको छ ।
गैंडाकोट गाविस वडा नम्बर ९, थुम्सीमा आज (बिहीबार) शव फेला परेको हो । चिसापानी खोला किनारको झाडीमा करीव ७० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक नाराणप्रसाद अधिकारीले जानकारी दिए ।
पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि करीब ३ सय मिटर उत्तरतर्फको जंगलमा शव फेला परेको थियो ।
शवको प्रकृति अनुसार दुई दिन अघि मृत्यू भएको हुन सक्ने प्रहरी निरीक्षक अधिकारीको अनुमान छ । शवको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया