बाजुरामा तीन दलद्वारा उम्मेद्वार सिफारिस

bajuraबाजुरा, २० भदौ । बाजुरा जिल्लामा कांग्रेस, एमाले र राप्रपाले संविधानसभा निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेका छन् ।
कांग्रेसले खम्मबहादुर खाती, पदमबहादुर शाही, बद्री पाण्डे, नवराज जोशी, जनकराज गिरी, देवराज जोशी र मनबहादुर रावलको नाम प्रत्यक्ष तर्फको उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
समानुपातिकमा रामसिंह रावल, अरुण शाही, कविराज पण्डित, पदमबहादुर नेपाली रामबहादुर सुनार र महा नेपाली, विद्या तिमिल्सिना, राधिका सिंह, जुना दानी, रोशन श्रेष्ठ र कर्ण बहादुर बोगटीलाई सिफारिस गरेको हो । तेस्रो लिङ्गीका तर्फ कांग्रेसले पार्वती रेग्मीलाई सिफारिस गरेको छ ।
एमालेले केन्द्रीय सदस्य कर्णबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर थापा र प्रकाश शाहलाई प्रत्यक्ष तर्फको उम्मेद्वारका लागि नाम चयन गरेर पठाएको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।
समानुपातिक तर्फ पूर्वसांसद हिक्मत जंग शाही र अजबहादुर मल्ल, महिलाबाट बसुन्धरा रोकाया, दलितबाट काशी नेपाली, जनजातिबाट पेम्बा गुरुङ्ग भोटे, पिछडिएको क्षेत्रबाट कालिबहादुर शाही र काशी विकलाई एमालेले सिफरिस गरेको छ ।
राप्रपाले प्रत्यक्ष तर्फ रामबहादुर खड्का, डबल हमाल, सरिता खड्का, नन्दबहादुर रोकाया र दिनेश विकलाई सिफारिस गरेको छ ।
समानुपातिकमा धर्मराज पाध्याय, प्रकाश विक र रामलाल देवकोटको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया