खोजखबर

सर्वोच्चले कार्की बिरुद्धको रिट एकैसाथ हेर्ने

सौर्य अनलाइन २०७० भदौ १९ गते १३:३० मा प्रकाशित

Lokmanshin-Karkiकाठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेका दुईवटा रिटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेर एकैसाथ हेर्ने भएको छ ।
कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय विरुद्ध गत चैत ७ गते रिट दायर भएको थियो । सोही सिफारिसको आधारमा नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध बैशाख २९ गते अधिवक्ता ओमप्रकाश अर्यालले दुईवटा रिट दायर गरेका थिए ।
न्यायाधीशद्धय प्रकाश वस्ती र तर्कराज भट्टको इजलाशले एउटै प्रकृतिका दुवै रिटलाई अग्राधिकार दिदै एकैपटक पूर्ण सुनुवाई गर्न आज (बुधबार) आदेश दिएको हो । कार्की विरुद्ध परेको रिटमा पटक–पटक सुनुवाई सर्दै आएको छ ।
मुख्य चार राजनीतिक शक्तिको सिफारिस अनुसार गत बैशाख २२ गते बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय