अर्थबजार

धनगढीमा एक महिनादेखि ग्यास अभाव

सौर्य अनलाइन २०७० भदौ १८ गते ११:०४ मा प्रकाशित

Lpg-Gassधनगढी । कैलालीको धनगढीमा करीव एक महिनादेखि अभाव भएको खाना पकाउने एलपी ग्यास अझैं नियमित आपूर्ती हुन सकेको छैन ।
सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा धनगढीमा सबैभन्दा बढी ग्यास खपत हुने गरेको छ । एक महिनादेखि ग्यास अभाव कायम भएपनि नियमित गर्ने तर्फ कुनै प्रयास नभएको उपभोक्ताको भनाई छ ।
धनगढीमा भेरी र रेडियन्ट ग्यासको अत्याधिक अभाव भएको हो । ग्यासको अभाव भए पछि उपभोक्ताले दिनहुँ सास्ती बेहोर्न बाध्य भएका हुन् ।
ग्यास लिनेको भिड बढेपछि स्थानीय प्रशासनले सुरक्षार्थ प्रहरी समेत खटाउने गरेको छ । ग्यास बिक्रेता गौरी कार्कीले एक महिनादेखि ग्यास बेच्न नपाएको बताए ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले नेपालगञ्जको भेरी ग्यासले कम सप्लाई गरेका कारण अभाव सिर्जना भएको बताए । ‘ग्यास अभावबारे भेरी ग्यास र निगमको केन्द्रीय कार्यालयमा पत्राचार गरेको छु,’ उनले भने ।
धगढीमा भेरी ग्यासको मात्र दैनिक दुई सय बढी सिलिण्डर ग्यास खपत हुने गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय