‘वान वे’को शुटिङ शुरु

Karishama Manandharकाठमाडौं । पुरानी नायिका करिष्मा मानन्धरको प्रमुख भूमिका रहेको ‘वान वे’ चलचित्रको शुटिङ शुरु भएको छ ।
राजकुमार राईको प्रस्तुती र ज्योती राईको निमार्णमा ‘वान वे’ निर्माण हुन लागेको हो । चलचित्रको सोमबार गौरीघाटको नयाँबस्तीस्थित एक घरमा पूजा गरी शुभमुहर्त पनि गरिएको छ ।
चलचित्रमा करिष्मासँग गायक रबिन तामाङको रोमान्सलाई प्रस्तुत गर्न खोजिएको छ । चलचित्रको शुटिङ धमाधम शुरु भईसकेको छ ।
चलचित्रका निर्देशक सुरज सुब्बा नाल्बो हुन् । चलचित्रमा रबिन र करिष्माका साथै अनिमाला सुब्बा, सिद्धार्थ गुरुङ, विल्सन विक्रम राई, प्रकाश ओझा, श्याम राई, आकाशबाबुलगायतकलाकारको अभिनय रहने छ ।

प्रतिक्रिया