‘होस्टेल’को ब्यावसायिक दौड उत्साहजनक

Hostel Nepali Movieकाठमाडौं । नेपाली चलचित्र बजारमा चर्चामा रहेको ‘छड्के’ले पनि ल्याउन नसकेको ब्यवसायिक खुसी ‘होस्टेल’ले ल्याउने तरखरमा छ ।
शुक्रबारबाट देशभरि एकसाथ प्रर्दशनमा आएको ‘होस्टेल’को उत्साहजनक ब्यवसायले चलचित्र क्षेत्रमा उत्साह थपिएको निर्माताहरुको बुझाई छ । ‘होस्टेल’ हेर्न चलचित्र भवनमा दर्शक ओइरिएका छन् ।
चलचित्रप्रति दर्शकको उत्साहजनक सहभागिताले निर्माता सुनिल रावल निकै उत्साहित भएका छन् ।
‘शुक्रबार र शनिबार प्राय: चलचित्रमा दर्शक हुने भएकाले म ब्यवसायबाट त्यति उत्साहित बन्न सकेको थिइन,’ रावलले भने, ‘होस्टेल’को आइतबारको ब्यवसायले निकै उत्साहित बनाएको छ ।’
‘माउथ पब्लीसिटी’ले आइतबार दर्शक बढेको उनको भनाई छ । प्रचार–प्रसारमा मिडियाले आफूलाई पनि साथ दिएकाले चलचित्र हेर्न दर्शक बढेको उनले बताए ।
‘होस्टल’ले देशभरिका प्राय: हलमा उत्साहजनक कलेक्सन गर्न सफल भएको निर्माताको दाबी छ ।
पूर्वका आधा दर्जन हलमार्फत रिलिजमा आएको ‘होस्टल’ आइतबारसम्म प्राय: हाउसफुल छन् ।
‘होस्टेल’ले कतिपय स्थानमा हिन्दी चलचित्रको ब्यवसायलाई पनि उछिनेको निर्माता रावलले दाबी गरे ।
चलचित्रमा अनमोल केसी, सलोन बस्नेत र गौरव पहडी आदिको मूख्य अभिनय छ ।

प्रतिक्रिया